काठमाडौं । लक्ष्मी म्युचुअल फण्डद्वारा सञ्चालित दुई सामूहिक लगानीकोष योजनाहरूले लाभांश प्रस्ताव गरेका छन् । लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
दुवै योजनाले एउटै अनुपातमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांशको लागि योजनाहरूले बुक क्लोजको मिति तय गर्नेछन् । लक्ष्मी क्यापिटल लिमिटेडको व्यवस्थापनमा यी योजनाहरू सञ्चालन भैरहेका हुन ।
प्रतिक्रिया दिनुहोस