aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–७ चावाहिल बस्ने धादिङ धुनिवेसी गाउँपालिका-९ खानीखोला नौबिसे घर भएका २७ वर्षीय बिकास थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

थापाले दुबईमा फुड डेलिभरीमा जागिर लगाई दिन्छु भन्दै पीडितसँग नगद ४ लाख ४५ हजार रुपैयाँ लिई दुबई पठाई अलपत्रमा पारेको भनि जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस