aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी अभिकर्ता तालिम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ साउन २०७९
अजोड इन्स्योरेन्सको कृषि तथा पशुपन्छी अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले श्रावण १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेडबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो । 

कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार छेत्री साउदले गरेका थिए । अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा  पनि अभिकर्ता तालिम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय रहेको देखिन्छ ।  

सो कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटेड लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुक भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै  कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस