aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अभियान लघुवित्तको आईपीओ सर्वसाधारणका लागि आजदेखि बिक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ साउन २०७९
अभियान लघुवित्तको आईपीओ सर्वसाधारणका लागि आजदेखि बिक्री खुला

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गते (आज) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यका रू. ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

सर्वसाधारणमा विक्री गरिने कुल कित्ता आईपीओमध्य शून्य दशमलव ५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । यी वाहेक बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।

यो आइपीओ छिटोमा साउन २२ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ १ गते विक्री खुला हुनेछ । तर, पछिल्लो समय सर्वसाधारणमा आईपीओ जारी हुँदा परेको आवेदनको तथ्याङ्कलाई हेर्दा कम्पनीको आईपीओ समेत छिटो अवधिसम्म मात्र विक्रीमा रहने देखिन्छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका सम्पूर्ण शाखा कार्यालयहरूसँगै मेरोशेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औषत जोखिम रहेको संकेत इक्राएनपि इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभैसकेको पूँजी रू. १५ करोड २५ लाख रहेको छ । सर्वसाधारण्मा आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस