aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

उपाया सिटी कार्गोले बजारमा ल्यायो ‘उपाय फुलफिल्मेन्ट सर्भिस’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ साउन २०७९
उपाया सिटी कार्गोले बजारमा ल्यायो ‘उपाय फुलफिल्मेन्ट सर्भिस’

काठमाडौं । उपाया सिटी कार्गो कम्पनीले ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको छ । बुधबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ बजारमा ल्याएको हो ।

नेपाल भर साना देखि ठुला व्यापार तथा साधारण ग्राहकलाई समेत सेवा प्रदान गरि, ढुवानी क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउने लक्ष्य लिएको यस कम्पनीले ‘उपाय अन डिमाण्डु र मेरो उपाय’ जस्ता सेवाहरुको सफलता पछि तेस्रो सर्भिसको रुपमा उपाया फुलफिल्मेन्ट सर्भिसलाई ल्याएको हो ।

कार्यक्रममा बोल्दै उपाया सिटी कार्गोका प्रबन्ध निर्देशक सुमन रायमाझीले बजारमा माग अनुसार गाडी दिन सफल भएको बताए । उनले भने, ‘ हामीले नेपालको लजिष्टिक क्याक बोन बन्ने सपनाका साथ कम्पनीको शुुरुवात गरेका थियौै उक्त सपना आज पुरा भएको छ ।’

यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिसले ग्राहकहरुलाई सम्पूर्ण ढुवानी सेवासँग सम्बन्धित सबै सेवा एक्कै ठाउँबाट प्रदान गरेको एमडी रायमाझीले बताए । उनले भने, ‘यो सेवालाई थप विस्तार गरी उपायले आगामी दिनमा नेपालका ३०० सहरमा आफ्नो डेलिभरी सेवा पुर्याउने योजना लिएको छ ।’ उनका अनुसार काठमाडौं, बुटवल भैरहवा, चितवन, हेटौडा र विराटनगरमा आफ्नै ट्रान्सपोर्टको निगरानीमा सामान ढुवानी भइरहेको छ । 

त्यस्तै, फुलफिल्मेन्ट कम्पनीका निर्देशक सन्दिप सुवेदीले उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत ग्राहकले आफ्नो सामानलाई फुलफिल्मेन्ट सेन्टरमा पनि राख्न सकिने बताए । उनले भने, ‘यो सेवा यदि तपाई काठमाडौंमा अनलाइन व्यवसाय गर्दै हुनुहुन्छ अनि तपाई सबैभन्दा राम्रो, भरपर्दो, र सस्तो डेलिभरी पार्टनर खोज्दै हुनुहुन्छ भने, उपाय फुलफिल्मेन्ट तपाईको लागि हुन सक्छ ।’ 

नेपालमा व्यापारिक तथा निजि प्रयोजनका लागि सस्तो अनि भरपर्दो ढुवानी सेवा प्रदायकको ठुलो माग छ । सोहि मागको पूर्ति गर्दै आएको उपाय सिटी कार्गोले आफ्नो नयाँ ‘उपाय फुलफिल्मेन्ट सर्भिस’ अन्तर्गत एक्कै साथ धेरै ठाउँमा सामान डेलिभरी गर्न सकिने जनाएको छ । 

यो सेवा प्रदान गर्न उपायले रुट प्लानिङ सिस्टमको प्रयोग गरेको छ । जसले ढुवानीमा लाग्ने समय र पैसा दुबैको बचत हुन्छ । यसको सोझै फाइदा ग्राहकलाई कम ढुवानी शुल्क र छिटो सामान डेलिभरी मार्फत पर्न जान्छ ।

रुट प्लानिङ सिस्टमले सामानको डेलिभरी गर्नुपर्ने ठाउँ अनुसार प्याकेजलाई छुट्याउछ र सोही अ अनुरूप डेलिभरी जान्छ यसका साथै उपाय फुलफिल्मेन्ट सर्भिस मार्फत एकैसाथ धेरै सामानको पिकअप, सोर्टिङ र बन्ड्लिङ, र डेलिभरी गर्न सकिन्छ । 

यो सर्भिस खासगरी यस्तो व्यापारलाई उपयुक्त हुन्छ जसले निरन्तर रुपमा धेरै सामानको एक्कै साथ फरक फरक ठाउँमा डेलिभरी अथवा पिकअप गर्नुपर्ने हुन्छ । यसका साथै ग्राहकको सहजताको लागि उपाय सिटी कार्गोको आफ्नै मोबाइल याप छ जसबाट ग्राहकले आफुलाई सहज हुने माध्यम मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । 

हाल, उपायको फुलफिल्मेन्ट सर्भिसले काठमाडौंमा साना वस्तुहरूको लागि सुविधाजनक र किफायती डेलिभरी सेवाहरू प्रदान गरिरहेको छ । यो सेवा काठमाडौं भित्र आफ्नो समान डेलिभरी गर्न डेलिभरी सेवा खोज्ने ग्राहकहरूलाई उपयोगी हुन सक्ने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस