
भारत । साउथ इन्डियन सुपरस्टार प्रभासको नयाँ फिल्मले रिलिज अगावै ३२० करोड भारु कमाइ गरेको छ । प्रदर्शनीको तयारीमा रहेको उनको फिल्म साहो प्रति दर्शकको यस्तो मोह देखिएको हो ।
जम्मा ३५० करोडमा बनेको यो फिल्म अगस्ट ३० तारिकमा सार्वजनिक प्रदर्शनमा आउंदैछ । एक्सनले भरिएको उनको यो सिनेमाको लागत बारे नै यसअघी ठुलो चर्चा भएको थियो ।
बाहुवलीको अपार सफलता पछि प्रभासको पहिलो फिल्म भएका कारणपनि यसको व्यापारप्रति हल मालिकहरु बिश्वस्त भएका हुन् । निर्माताले थिएटर प्रदर्शनको लागिमात्र ३२० करोड लिएको समाचारहरुमा जनाइएको छ । भीएफएक्स र स्याटलाइट प्रदर्शनको अधिकार बिक्रि हुनु अगाडी नै यो सिनेमाले लगभग लगानी उठाईसकेको हो ।
प्रतिक्रिया दिनुहोस