aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक हुनुहुन्छ ? यस्तो प्रक्रियाबाट निवेदन दिनुहोस्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ साउन २०७९
भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक हुनुहुन्छ ? यस्तो प्रक्रियाबाट निवेदन दिनुहोस्

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग निवेदन माग गरेको छ । भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भएता पनि आगामी २८ गतेभित्र इमेलमार्फत् निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा चिनी तथा गहुँ आयात गर्न चाहाने फर्म तथा कम्पनीले छुट्टाछुट्टै फारम भर्नुपर्ने उल्लेख गरिएको छ । निवेदन दिंदा चिनी र गुहँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छ फर्म भर्नु पर्ने जानकारी मन्त्रालयले आग्रह गरेको हो । 

यस्ता फर्म तथा कम्पनीहरुले मन्त्रालयको वेभसाइटमा भएको फारम भरी त्यसको साथमा उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात तथा निर्यात इजाजतपत्र र क्वारेन्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने सूचनामा उल्लेख छ । 


 

प्रतिक्रिया दिनुहोस