
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा निर्मल दाहाललाई नियुक्त गरिएको छ । कम्पनीको सञ्चालक समितिले दाहाललाई सिईओमा नियुक्त गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो ।
कम्पनीको सिईओमा दाहाललाई नियुक्त गर्न समितिले बिहिबार स्वीकृति दिएको हो । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि उक्त पद रिक्त रहेको थियो ।
प्रतिक्रिया दिनुहोस