काठमाडौं । एनएमबि म्युचुअल फण्डद्धारा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फण्डले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१ दशमलव ०५२६३ का दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेका हुन ।
उक्त लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज गर्ने दिएको हो । उक्त बुक क्लोजको आधारमा साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस