काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनीलाई आगामी डेढ महीनाभित्र थप ५० प्रतिशत रकम थप गर्न अनुरोध गरेको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीलाई शेयर बापतको थप ५० प्रतिशत रकम थप्न अनुरोध गरेको हो ।
साउन २० गते सूचना जारी गर्दै कम्पनीले आगामी डेढ महिनाभित्र रकम जम्मा गर्न अनुरोध गरेको हो । यससँगै कम्पनीका साविकका संस्थापक शेयरधनीहरुले असोज ७ गतेभित्रमा ५० प्रतिशत रकम विभिन्न बैंक खातामा जम्मा गर्नुपर्ने छ ।जसको लागि कम्पनीले नेपाल इन्भेष्टमेन्ट, कुमारी, हिमालयन र सानिमा बैंकको खाता नम्बर समेत उपलब्ध गराएको छ ।
बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम रू.५ अर्ब पु¥याउन निर्देशन दिएपछि कम्पनीले पुँजी वृद्धि योजना अगाडि बढाएकोे हो । हाल इन्स्योरेन्सको चुक्ता पुँजी रू.१ अर्ब ७५ करोड छ । संस्थापक सेयरधनीले थप ५० प्रतिशत रकम थपेपछि कम्पनीको चुक्ता पूँजी रू.२ अर्ब ६२ करोड पुग्नेछ । त्यसपछि कम्पनीले आईपीओ जारी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस