काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। साउन २० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १४.५० प्रतिशत अर्थात ३६ करोड ८२ लाख ७६ हजार रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशत अर्थात् १ करोड ९३ लाख ८२ हजार रुपैयाँ नगद लाभांश गरी कुल १५.३६ प्रतिशतले हुन आउने ३८ करोड ७६ लाख ५९ हजार रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
प्रतिक्रिया दिनुहोस