aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महिन्द्रा फोर ह्विलरको पोखरामा नेटवर्क विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
महिन्द्रा फोर ह्विलरको पोखरामा नेटवर्क विस्तार

पोखरा । अग्नि समूहले महिन्द्रा फोर ह्विलरको सुविधा सम्पन्न सर्भिस पोखरा अटो वर्क्स संचालनमा ल्याएको छ। समूहले सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेटवर्क विस्तार गरेको हो। अग्नि समूह  महिन्द्रा फोर ह्विलरको नेपालको अधिकृत बिक्रेता हो। कम्पनीका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठले डिलर र सब डिलरमार्फत नेटवर्क विस्तार गरेर बताए । 

वर्क्सको कम्पनीका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, बतास समूहका अध्यक्ष आनन्दराज बतास, बालाजु अटो वर्क्सका स्पेयर पार्ट्स हेड युगल सिंह र समूहका गण्डकी प्रदेश प्रवन्धक सन्तोष सुवेदीले संयुक्त रुपमा गरे।

प्रतिक्रिया दिनुहोस