aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्दै साञ्जेन जलविद्युत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्दै साञ्जेन जलविद्युत

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले भदौ ५ गतेदेखि आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको ३६ लाख ५० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा जारी गर्न लागेको हो । 

यो आईपीओ खरीदका लागि रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ चिलिमे, प्रभावित वर्ग आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोजुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिका वडा नम्बर १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरूले आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयहरूले यो आईपीओ खरीदका लागि छिटोमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म विक्री खुला हुनेछ । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । नागरिक लगानीकोष विक्री प्रबन्धक रहेको यो आईपीओ खरीदका लागि सन्राइज क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल, साञ्जेन जलविद्युत कम्पनीको केन्द्रिय कार्यालयसँगै नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतका संगठित संस्थाहरूले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ्ग नियमावलीमा भएको व्यवस्था बमेजिम क्रेडिट रेटिङ्ग गर्न नपर्ने गरी गरी कम्पनीलाई छुट प्राप्त भएको छ । 

यस कम्पनीमा संस्थापकतर्फ चिलिमे जलविद्युत कम्पनी लिमिटेड, नेपाल विद्युत प्राधिकरण सहित रसुवा जिल्लाका तत्कालित जिल्ला विकास समिति र गाउँविकास समितिहरूको लगानी रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा आईपीओ जारी गर्नु अघि सर्वसाधारणमा आईपीओ निष्कासन गरिसकेको छ । कम्पनीमा जारी पूँजीको ३९ दशमलव ३६ प्रतिशत चिलिमे जलविद्युतको, १० दशमलव ३६ प्रतिशत नेपाल विद्युत प्राधिकरणको र १ दशमलव २८ प्रतिशत शेयर रसुवा जिल्लाका तत्कालित जिल्ला विकास समिति र गाउँ विकास समितिहरूको शेयर स्वामित्व रहेको छ । 

कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता कर्मचारीहरूको १९ दशमलव ५ प्रतिशत, ऋणदात संस्थाका कर्मचारीहरूको १ प्रतिशत, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरूको ३ दमलव ५ प्रतिशत शेयर स्वामित्व रहेको छ । यी वाहेक कम्पनीले सर्वसाधारणमा १५ प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गरिसकेको छ । आयोजना प्रभावित स्थानीयमा कम्पनीले १० प्रतिशत शेयर विक्री गर्न लागेको हो । 

स्थानीयमा शेयर विक्री तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६५ करोड कायम हुनेछ । कम्पनीको अधिकृत पूँजी रू. ३ अ र्ब ७५ करोड र जारी पूाजी रू. ३ अर्ब ६५ करोड रहेको छ । यस कम्पनीले १४ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत आयोजना र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना गरी कुल ५७ दशमलव ३ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस