aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, १३ लाख ४६ हजारभन्दा बढीको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ साउन २०७९
सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट, १३ लाख ४६ हजारभन्दा बढीको हात खाली

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सार्वजनिक निष्कासनमार्फत विक्री गरेको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले मंगलवार बिहान आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट गरेको हो । 

विक्री प्रबन्धकका अनुसार सार्वजनिक निष्कासनमा आएको आईपिओ खरीदका लागि १४ लाख १३ हजार ५ सय ७२ जनाले आवेदन दिएका थिए । जस मध्ये ८७३ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । स्थानीयको हैसियतले यस अघिनै शेयर पाएका २३१ जनाको आवेदन पनि अस्वीकृत गरेको विक्री प्रबन्धकले जानकारी दिएको छ  । 

यी वाहेक योग्य १४ लाख १२ हजार ४६८ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट गरिएको बाँडफाँटमा सहभागी गराईएको हो ।  गोलाप्रथाबाट ६७ हजार ५८ जनाले मात्र शेयर पाएका छन् । शेयर पाउने आवेदकहरूमध्य ६ जना भाग्यमानीले ११ कित्ता शेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले शेयर हात पारेका छन् । कम्पनीको आईपीओ खरीदका लागि आवेदन दिने १३ लाख ४६ हजार ५१४ जना आवेदकको हात भने खाली भएको छ ।  

कम्पनीले साउन १३ गतेदेखि  साउन १७ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । सार्वजनिक निष्कासनमार्फत विक्री गरेको सहित कम्पनीले सर्वसाधारणमा कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ वितरण गरेको छ । सर्वसाधारणमा आयोजना प्रभावित स्थानीयमा विक्री हुन नसकेको १ लाख २१ हजार ६० कित्ता शेयर समेत थप गरी वितरण गरिएको हो । सर्वसाधारणमा वितरण भएको कुल कित्ता आईपीओमध्ये २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ ।  
 

प्रतिक्रिया दिनुहोस