aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको एनुअल बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ ।  कम्पनीले “रिचिङ द पिनाकल २०७९/८०” नाराका साथ ४ दिने बार्षिक सम्मेलन “एनुअल बिजनेश लिडर्स कन्क्लेभ, लुम्बिनी स्थित होटल पवन प्यालेसमा सम्पन्न गरेको हो । 

उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरिएको थियो । आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले सम्मेलन आयोजना गरिएको कम्पनीका सीइओ खत्रीले जानकारी दिए । 

सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । सम्मेलनको समुद्घाटन गर्दै सीइओ खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदैगइरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आफू माथि आएको बताए । 

आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन सबैले अधिकतम प्रयास गर्नु पर्ने सुझाव दिएका थिए । 

कर्मचारीहरुकोे व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले के एफ ए बिजनेश स्कूलका फाउण्डर तथा एक्जुकेटिभ चेयरमेन रेष्टा झा, सोही संस्थाका सिइओ तथा ट्रेनिङ डाइरेकटर किशलय झा र  एकेडेमिक तथा कन्सलटिङ डाइरेक्टर ज्यास्मिन हाडा बज्राचार्यले सम्मेलनमा सहभागि कर्मचारीहरुलाई सेल्स मोटिभेसन तथा स्कील डेभलपमेण्ट सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । 

आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखाकार्यालय लगायत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई सीइओ खत्रीबाट सम्मान तथा पुरस्कृत पनि गरिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस