aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ साउन २०७९
आइएमई जनरल इन्स्योरेन्सद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आर्थिक रुपले विपन्न क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि, ललितपुरलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । 

हाल नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निशुल्क रुपमा उपचार गरिरहेको छ । उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चु कैलाश कैलीलाई चेक हस्तान्तरण गरे ।

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजु भाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।


 

प्रतिक्रिया दिनुहोस