काठमाडौं । पहिलो पटक नाडा इभि एक्सपो २०२२ हुने भएको छ । नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बसेको नाडाको केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।
उक्त इभि एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो ।
नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दै आएको छ । मिति २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस