
काठमाडौं । गत आर्थिक वर्ष (आव) को असार मसान्तसम्म जीवन बीमा कम्पनीहरूले कुल १ खर्ब भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म सञ्चालित १९ जीवन बीमा कम्पनीबाट उक्त कुल बीमाशुल्क आर्जन भएको हो ।
उक्त अवधिमा सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीले गत आवको असार मसान्तसम्म ३५ अर्ब ३८ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले असार महिनामा पनि सबैभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले असार महीनामा मात्र ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरको हो ।
त्यस्तै दोस्रोमा बढी कुल बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन रहेको छ । यो कम्पनीले १८ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै असारमा बढी कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन नै रहेको छ । यो कम्पनीले पनि असार महिनामा २ अर्ब २० करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।
त्यसैगरी अससा मसान्तसम्म जीवन बीमा कम्पनीहरूमध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम कुल बीमाशुल्क आर्जन गरेको छ । यो कम्पनीले जेठ मसान्तसम्म १ अर्ब ५८ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जीवन बीमा कम्पनीहरूले असार महीनामा मात्र १७ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कुन कम्पनीले कति कमाए ?
प्रतिक्रिया दिनुहोस