
काठमाडौं । गत आर्थिक वर्षदेखि भुक्तानी हुन नसकेको कृषि पशुपन्छी तथा बाली बीमा अन्तर्गतको दावी रकम भुक्तानी हुने भएको छ । कृषि पशुपन्छी तथा बाली बीमा अन्तर्गतको अनुदान रकम सरकारले दिएपछि बीमा समितिले दावी भुक्तानी गर्न लागेको हो ।
नेपाल सरकारले कृषि पशुपन्छी तथा बाली बीमाको ८० प्रतिशत प्रिमियम सरकारले अनुदान स्वरुप व्यहोर्ने गर्छ । बाँकी रहेको २० प्रतिशत रकम कृषकले व्यहोर्ने गर्छन । गत आर्थिक वर्षमा भएको कृषि पशुपन्छी तथा बाली बीमाको रकममध्येको १ अर्ब १७ करोड २१ लाख ७ हजार ५५५ रुपैयाँ अनुदान सरकारले दिएको छ ।
निर्जीवन बीमा कम्पनीहरुले कृषकको दावी भुक्तानी गरिसकेको र निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम नपाएको गुनासो गरिेहका थिए । सोहि निर्जीवन बीमा कम्पनीले कृषकलाई भुक्तानी गरेको रकम बीमा कम्पनीहरुलाई दिँन लागेको बीमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले जानकारी दिइन् ।
उनले भनिन्, ‘गत आवदेखि भुक्तानी हुन नसकेको कृषि पशुपन्छी तथा बाली बीमाको अनुदान रकम भुक्तानी गर्न लागेको छौ । एक साता भित्रमै सरकारले दिएको पैसा भुक्तानी गर्ने तयारी जुटेका छौं ।’
उनका अनुसार सरकारले पठाएको पैसामध्ये पशुपन्क्षी बीमा अन्तर्गतको दावी भुक्तानी वापतको १ अर्ब ६ करोड ७५ लाख ४४ हजार रुपैयाँ रहेको छ । जुन रकम बीमा समितिले भुक्तानी गर्ने तयारी थालेको हो ।
त्यस्तै, गत आर्थिक वर्षको १० करोड ४५ लाख रुपैयाँ बाली बीमा अन्तर्गतको दावी रकम छ । जुन रकम सरकारले चाँडै नै भुक्तानी गर्ने उपनिर्देशक ज्ञवाली बताउँछिन् । उनी भन्छिन्, ‘गत आवमा परेका बाली बीमा दावी रकम अन्तर्गतको सरकारले अनुदान वापत दिनुपर्ने पैसा चाँडै दिने भनेको छ । यसका लागि हामीले प्रक्रिया अघि बढाएका छौं । छिटै नै आउँछ ।’
उनले सरकारले अनुदान वापतको रकम साउन पहिलो साता पठाएको जानकारी दिइन् । ‘अनुदान सम्बन्धि निर्देशिका बमोजिम अर्को हप्ता बैठक बसेर बाँड्छौं । अर्थमन्त्रालयले असारको अन्तिममा मात्र पैसा निकासा गरेको हो । रियल टाइम ग्रस सेलमेन्ट(आरटीजिएस) प्रणालीबाट आउँदा हाम्रो खातामा साउनको पहिलो सातमात्र पैसा आएको हो’, उनले भनिन् ।
बजेट कम र बीमा धेरै हुने समस्या रहेका कारण दावी भुक्तानी रकम समयमा नहुने गरेको उनको भनाइ छ । पशु बीमामा बिमाङकको फि लिङक छैन । हरेक वर्ष बढ्दै गइरहेको छ । बजेट कम र बीमा बढि भएको कारण ढिला भएको हो । कृषि तथा पशुपन्क्षी मन्त्रालयका सचिव र बीमा समितिको कार्यकारी निर्देशकको हस्ताक्षर चाहिन्छ । चेकमा हस्ताक्षर भएपछि बाँड्छौ.उनले भनिन ।
उनका अनुसार पछिल्लो समयमा पशु बीमामा अनुदान रकम धेरै हुँदै गइरहेको छ । पशु बीमा ४४ प्रतिशतले बढ्दै गएको छ । त्यसका आधारमा बजेट कम राखेको कारण समस्या भएको हो । अघिल्लो आर्थिक वर्ष देखिको अनुदान रकम बजेट कम भएकाले ढिला बाँड्न थालिएको हो । ‘अघिल्लो वर्षको अनुदान यो वर्षको अन्तिममा आउँछ । मन्त्रालयबाट पैसा नआएको होइन । हामीले मन्त्रालय, बीमा समिति र कम्पनीहरुको पहलमा नै चैतसम्मको पैसा लिएका छौं’, उनले थपिन् ।
प्रतिक्रिया दिनुहोस