aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धौलागिरी लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिन आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
धौलागिरी लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले साउन २४ गतेदेखि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीका अनुसार आज बैंकिङ समयसम्म आवेदकले मेरो शेयर वेबसाइट तथा एप र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।

बागलुङमा केन्द्रीय कार्यालय रहेको कम्पनीले ३ लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो । कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरेको छ । बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ निष्काशनका लागि गराइएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस आईएस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझाउँछ ।
 

प्रतिक्रिया दिनुहोस