
काठमाडौं । सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको छ । उक्त कार्यालयका एक कर्मचारीका अनुसार स्थानीयलाई शेयर कम भएको भन्दै रसुवामा रहेको सान्जेन जलविद्युत आयोजनाको कार्यालय तोडफोड भएको हो ।
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने तयारीमा रहेको छ । जुन १० प्रतिशत हुन आउँछ । स्थानीयहरुलई १० प्रतिशतभन्दा धेरै दिनुपर्ने माग राख्दै स्थानीयहरुले उक्त कम्पनीको कार्यालयमा तोडफोड गरेका हुन् ।
यस कम्पनीले भदौ ५ गतेदेखि १९ गतेसम्म आईपीओ निष्काशन गर्न लागेको छ । यस योजनाको प्रभावित क्षेत्रमा रसुवाको आमाछोदिङ्मो गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५ का स्थानीयहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस