aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

दश अर्ब रुपैयाँभन्दा बढीको आईपीओ आउँदै, २९ कम्पनी पाइपलाइनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
दश अर्ब रुपैयाँभन्दा बढीको आईपीओ आउँदै, २९ कम्पनी पाइपलाइनमा

काठमाडौं । प्राथमिक शेयर (आईपीओ)मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? यदि हो भने पैसा जोहो गर्नतिर लाग्नुहोस् । विभिन्न २९ कम्पनीहरु आईपीओ निष्कासन गर्न पाइपलाइनमा रहेका छन् ।            

नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २९ कम्पनीहरुले १० अर्ब ४ करोड ८८ लाख २८ हजार १८५ रुपैयाँ बराबरको शेयर बिक्री गर्न स्वीकृतिका लागि आवेदन दिएका हुन् । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरुको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ ।  

आईपीओका लागि पाइपलाइनमा रहेका २९ वटा कम्पनीहरूमा दुईवटा बीमा कम्पनी रहेका छन् । जुन रिलायबल र आइएमई रहेका छन् । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेड कम्पनी एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता मूल्य २१२ रुपैयाँ रहेको जनाईएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । 

त्यस्तै, दुई वटा लघुवित्त कम्पनी रहेका छन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता निष्काशनका लागि पाइपलाइनमा रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको पनि २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।  

दुई वटा होटलले पनि आईपीओ निष्कासनका लागि सेबोनमा आवेदन दिएका छन् । सिटी होटल र कालिञ्चोक दर्शन होटलले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् । सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बरोबरको १६ लाख ७४ हजार कित्ता र कालिञ्चोक दर्शनले १२ करोड रुपैयाँ बराबरको १२ लाख रुपैयाँको आईपीओ निष्कासनको तयारी गरेका छन् । 

डिस मिडिया नेटवर्क लिमिटेड पनि आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।  

सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता,  कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता, माया खोला हाइड्रोपवर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता, भूगोल इनर्जी डेभलपमेन्ट १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता, मकर जीतुमाया सुरु हाइड्रोपावर २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् ।  

इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता, शुभम् पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता, सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता, सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता निष्कासनका लागि सेबोनमा निवेदन लिएको छ । 

त्यस्तै, रावा इनर्जीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता, ट्रेड टावरको ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार ९८० कित्ता, सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा रहेको छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ । 

अप्पर स्याङगे हाइड्रोपावर ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता शेयर निष्कासन गर्ने लागेको छ ।  यस्तै, रिलायन्स स्पाइनिङ मिल्सले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको छ । जसले ७ लाख ७० हजार ६४० कित्ता बिक्रीमा ल्याउन लागेको हो । यसको शेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ ।

त्यस्तै, घोराही सिमेन्टले तीन अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको ७९ लाख ४३ हजार ८०१ कित्ता शेयर बिक्रीमा ल्याउन भएको हो । यस कम्पनीले स्थानीयका लागि प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधरणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ प्रिमियमका आईपीओ बिक्रीमा ल्याउन लागेको सेबोनले जनाएको छ । 

थ्री स्टार हाइड्रोपावर लिमिटेड १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता, सुपरमाई हाइड्रोपावर लिमिटेड १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीको ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता, पिपुल्स हाइड्रोपावर कम्पनीको ८० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । 

त्यस्तै, बाराही हाइड्रोपावरको ७ करोड रुपैयाँ बराबरको ७ लाख कित्ता शेयर बिक्रीमा ल्याउन लागेको छ । एशियन हाइड्रोपावर लिमिटेडले पनि ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको सेबोनले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस