aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २९ साउन २०७९
तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ । नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो । नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी दिए । उनका अनुसार ५० मिटर दूरीमा सडक बत्ती जडान गरिनेछ ।

नगरप्रमुख महर्जनले जरङ्खुदेखि काभ्रेस्थलीसम्म, जरङ्खुदेखि चिसापानीसम्म, नेपालटारदेखि साङ्लासम्म, लोकतान्त्रिक चोकदेखि फुटुङसम्म र महादेवखोला करिडोरमा सौर्य बत्ती जडान गर्ने बताए । “मुख्य सडकबाहेक आवश्यक परेको ठाउँमा भित्रि सडकमा समेत बत्ती जडान गर्छौं”, उनले भने ।

यस्तै, नगरपालिकाभित्रका बिजुली तारलाई भूमिगत गर्ने भएको छ । नगरपालिकाका प्रमुख महर्जनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङलाई भेटेर नगरपालिकाभित्रको अव्यवस्थित बिजुलीका तार भूमिगत गर्नेबारे ध्यानाकर्षण गराए । 

प्रतिक्रिया दिनुहोस