aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अभियान लघुवित्तको आईपीओ बाँडफाँट, २ हजार ३०० जनाभन्दा बढीको आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० साउन २०७९
अभियान लघुवित्तको आईपीओ बाँडफाँट, २ हजार ३०० जनाभन्दा बढीको आवेदन रद्द

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले सोमबार बिहान आफ्नै कार्यालयमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बाँडफाँट गरेको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत ९ लाख १३ हजार ७ सय ५० कित्ता शेयर साउन १८ गतेदेखि २२ गतेसम्म सार्वजनिक निष्कासन गरेको थियो । विक्री अवधिभित्र कम्पनीको आईपीओ खरीदका लागि कुल १९ लाख ८० हजार ९७० जना आवेदकबाट २ करोड १९ लाख १२ हजार ६७० कित्ताको लागि आवेदन परेको विक्री प्रबन्धकले जानकारी दिएको छ । 

कुल आवेदकहरूमध्ये २ हजार ३७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ ।  रितपूर्वक आवेदन दिएका १९ लाख ७८ हजार ५९४ जना आवेदकहरूलाई गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गरिएको हो । यस बाँडफाँटमा ९१ हजार ३७५ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् ।  

कम्पनीले सार्वजनिक निष्कासन गरेको समेत सर्वसाधारणमा कुल ९ लाख ७५ हजार कित्ता आईपीओ वितरण गरेको हो । कुल कित्ता आईपीओमध्ये ४८ हजार ७५० कित्ता शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १२ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । 

हाल कम्पनीमा संस्थापकतर्फबाट चुक्ताभैसकेको पूँजी रू. १५ करोड २५ लाख रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २५ करोड कायम भएको छ ।
 

प्रतिक्रिया दिनुहोस