
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस इन्स्योरेन्सले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, सिटिजन लाइफले गत आर्थिक वर्षमा ५ अर्ब १ करोड ४२ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.५९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब ४४ करोड ४१ लाख २० हजार रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
त्यसैगरि, गत आर्थिक वर्षमा कम्पनीले बीमालेखको धितोमा कर्जाबाट २ करोड ८२ लाख रूपैयाँ आम्दानी गरेको छ । पुनर्बीमा कमिशन आयबाट १ करोड ८९ लाख ३ हजार रूपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ५२ करोड १७ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस