
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षमा १२ करोड २१ लाख ३० हजार रूपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ९९ करोड २६ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आर्थिक् वर्षमा कम्पनीले २ अर्ब ५१ करोड ७५ लाख रूपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।
त्यसैगरि, यस अवधिमा कम्पनीले दाबी वापत ९४ करोड ८७ लाख रूपैयाँ भुक्तानी गरेको छ । साथै कम्पनीको बीमा कोषको आकार ४२.६१ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड १६ लाख रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस