aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

राष्ट्रिय बीमा संस्थानको खुद नाफा साढे २७ प्रतिशत बढ्यो, ८ अर्बभन्दा बढी खुद बीमाशुल्क आर्जन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
राष्ट्रिय बीमा संस्थानको खुद नाफा साढे २७ प्रतिशत बढ्यो, ८ अर्बभन्दा बढी खुद बीमाशुल्क आर्जन

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ७ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा संस्थानको खुद नाफा २७ दशमलव ५० प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म संस्थानले रू. ५ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष संस्थानको जम्मा आम्दानी करिब २५ प्रतिशत बढेको छ भने जम्मा खर्च १७ दशमलव ६१ प्रतिशत बढी भएको छ । संस्थानले रू. ९ करोड ८६ लाखभन्दा बढी आम्दानी गर्दा रू. २ करोड ६८ लाखभन्दा बढीमात्र खर्च गरेको हो ।

संस्थानको खुद बीमाशुल्क आर्जन पनि अघिल्लो वर्षभन्दा करिब ११ प्रतिशत बढी रू. ८ अर्ब ३९ करोड र खुद दाबी भुक्तानी २२ दमलव ९९ प्रतिशत बढी रू. ३ अर्ब ९३ करोड भएको छ । हाल संस्थानको चुक्तापूँजी रू. १८ करोड १० लाख २० हजार रहेको छ । 

बीमा समितिको निर्देशन बमोजिम संस्थानले आगामी चैतभित्र रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । संस्थानले पूँजीबृद्धिका लागि सर्वसाधारणमा आईपीओ जारी गर्ने र त्यसपछिको आवश्यक पूँजी बोनस शेयर र हकप्रद शेयर जारी गरि पु¥याउने योजना बनाएको छ । 

जगेडा कोष रकम रू.४१ करोड ३८ लाखभन्दा बढी रहेको संस्थानको जीवन बीमाकोषमा भने रू. ३७ अर्ब ४१ करोडभन्दा बढी रकम कायम भएको छ । दिर्घकालिन लगानी तथा कर्जा रू. १२ अर्ब ६४ करोडभन्दा बढी प्रवाह गरेको संस्थानले बीमालेख धितोमा भने रू. २ अर्ब २६ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस