aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जलविद्युतमा मात्रै २७ अर्ब लगानी प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
जलविद्युतमा मात्रै २७ अर्ब लगानी प्रस्ताव

काठमाडौं । उद्योग विभागका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा जलविद्युत आयोजनामा मात्रै २७ अर्ब रुपैयाँ भन्दाबढी लगानी प्रस्ताव आएको छ । साउनमा विभिन्न जिल्लामा २७ अर्ब १८ करोड ७० लाख २४ हजार रुपैयाँ लगानी प्रस्ताव आएको हो । यस अवधिमा झापामा १३ करोड रुपैयाँ लगानीमा एनएसएस पावर प्रालि दर्ता भएको छ । 

त्यसैगरी, भोजपरमा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीमा सुम्रिमा हाइड्रोपावर कम्पनी (पिखुवा पशुपती जलविद्युत आयोजना) र एक अर्ब ३२ करोड ८ लाख रुपैयाँ लगानीमा एस के इनर्जी डेभलपमेन्ट प्रालि र मनाङमा ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानीमा कार्बोनलेस इनर्जी फण्ड प्रालि साउन महिनामै दर्ता भएको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार दर्ता भएका अन्य उद्योगहरुमा दोलखामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानीमा तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाचौं जलविद्युत आयोजना), सोलुखुम्बुमा २ अर्ब ५३ करोड २६ लाख १९ हजार रुपैयाँ लगानीमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत आयोजना) दर्ता भएका छन् । 


 

प्रतिक्रिया दिनुहोस