aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत प्राधिकरण आईपीओ निकाल्न सक्षम भएको छः घिसिङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
विद्युत प्राधिकरण आईपीओ निकाल्न सक्षम भएको छः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरण साधारण शेयर (आईपीओ) निकाल्न सक्षम भएको बताएका छन् । बुधबार विद्युत प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा बोल्दै घिसिङले अब प्राधिकरणको केही शेयर सर्वसाधारणमा बिक्री गरिने बताएका हुन् । 

त्यस्तै, उनले सबै क्षेत्रका सर्वसाधारणलाई विद्युत पुर्याउन हरसम्भव प्रयासरत रहने बताए । साथै उनले विभिन्न समस्याका बाबजुद पनि बिजुली वितरण गर्न प्राधिकरण सफल भएको बताए । कार्यकारी निर्देशक घिसिङले बिजुलीको आन्तरिक खपत बढाउन र छिमेकी मुलुकमा निर्यात गर्न बनाएको योजनाले सार्थकता पाएको बताए । 
 

प्रतिक्रिया दिनुहोस