
काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबिच साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । बुधबार एक समारोहक बिच यी दुई कम्पनीबिच त्रिपुरेश्वर काठमाडौंमा साधारण शेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो ।
उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल क्यापिटल लिमिटेडका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उज्ज्वल चन्दले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिबिआईएल क्यापिटलले हिम पर्वत हाईड्रोपावर लिमिटेडको १४ लाख कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा २८ लाख कित्ता शेयर सर्वसाधारण गरी जम्मा ४२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ ।
हिम पर्वत हाईड्रोपावर लिमिटेडले दोलखा जिल्लामा २०.०० मे.वा.को सागँ खोला जलविद्युत आयोजना र ५.५० मे.वा.को सागँ खोला—१ जलविद्युत आयोजना गरी जम्मा २५.५० मे.वा.को जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस