aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत प्राधिकरणका कर्मचारीले बोनस पाउँदैनन्ः मन्त्री भुसाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ भदौ २०७९
विद्युत प्राधिकरणका कर्मचारीले बोनस पाउँदैनन्ः मन्त्री भुसाल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले बोनस नपाउने भएका छन् । बुधबार प्राधिकरणको ३७ औं वार्षिक कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाईं मन्त्रालयमन्त्री तथा प्राधिकरण सञ्चालन समिति अध्यक्ष पम्फा भुसालले प्राधिकरण नाफामा गएपनि कर्मचारीले बोनस नपाउने बताएकी हुन । 

 प्राधिकरण गत आर्थिक वर्षमा १६ अर्ब १६ करोड रुपैयाँ कमाएपछि कर्मचारीले बोनस पाउनुपर्ने माग राख्दै आएका थिए । उक्त कार्यक्रममा बोल्दै उनले भनिन, ‘प्राधिकरणको यो कमाइ सबै विद्युतकै पूर्वाधारमा लगानी हुने छ । पहिला देशका सबै क्षेत्रमा विद्युत पुर्यायौं त्यसपछि बोनस र कर्मचारीका विषयमा सोचौं ।’

विद्युत महशुल छुट दिँदा धेरैले विरोध गरेको सम्झिदै उनले भनिन्, विद्युत महशुल छुट दिनेको संख्या घटेको छ । हामीले महशुल छुट लिने बेलामा २६ लाख घरपरिवार समावेश थिए तर, हाल १८ लाख घरधुरी मात्रै छुट पाउने घरधुरी रहेका छन् । 

त्यस्तै कार्यक्रममा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणका नाफा घट्न नदिने प्रतिवद्धता समेत व्यख्त गरे । उनले भने, विद्युत प्राधिकरणले प्रगतिको बाटो लिइसकेको र अब हरेक वर्ष प्राधिकरणको नाफाको ग्राफ गत वर्षभन्दा धेरै हुने छ । उनले प्राधिकरणको प्रगति विवरण पेश गर्दै प्राधिकरणले चुहावट नियन्त्रणबाट २ अर्बभन्दा बढी आम्दानी गरेको बताए । प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङले चालू आर्थिक वर्षदेखि स्वदेशी तथा अन्तर्देशीय विद्युत व्यापारको काम थाल्ने उनले बताए । 
 

प्रतिक्रिया दिनुहोस