काठमाडौं । इभि एक्सपोका लागि बुधबारबाट भाद्र ५ गतेसम्मका लागि स्टल बुकिङ समेत खुल्लागरिएको छ । नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले स्टल बुकिङ्क गरिएको जानकारी दिए ।
आउँदो असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा नेपालमै पहिलो पटक नाडा इभि एक्सपो २०२२को आयोजना गरिने भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन ।
प्रतिक्रिया दिनुहोस