aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

कृषि तथा पशुपन्छी बीमाबाट २७ करोड भन्दाबढी शुल्क संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ भदौ २०७९
कृषि तथा पशुपन्छी बीमाबाट २७ करोड भन्दाबढी शुल्क संकलन

काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट २७ करोड भन्दाबढी बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार यस अवधिमा कम्पनीहरुले १ लाख ७८ हजार ३९५ वटा बीमालेख बिक्री गरी २७ करोड ४४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । कृषि तथा बाली बीमा गर्नेहरुको संख्या बढेसँगै बीमा शुल्क संकलन पनि वृद्धि भएको छ । 

प्रदेशगत बीमाशुल्क संकलनको अवस्था हेर्दा पनि कुल बीमा शुल्क आर्जन बढेको देखिन्छ । समितिका अनुसार यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाबाट बागमती प्रदेशमा सबै भन्दाबढी बीमाशुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा बागमती प्रदेशमा ७१ हजार ८२४ बीमालेख बिक्री गरी ९ करोड ७९ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

त्यस्तै, सोही अवधिमा कम्पनीहरुले प्रदेश नम्बर १ बाट २६ हजार ९४४ बीमालेख बिक्री गरी ४ करोड ९७ लाख ३१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार कृषि तथा बाली बीमाबाट कम्पनीहरुले मधेश प्रदेशबाट ३ करोड रुपैयाँ भन्दा बढी बीमाशुल्क अर्जान गरेका छन् । यस अवधिमा कम्पनीहरुले उक्त प्रदेशबाट १२ हजार ५० बीमालेख बिक्री गरी ३ करोड ५ लाख ७४ हजार रुपैयाँ बीमा शुल्क अर्जा गरेका हुन् । 

समितिका अनुसार गण्डकी प्रदेशमा पनि कृषि तथा बाली बीमा वापत गरिने बीमा शुल्कमा पनि वृद्धि भएको छ । कम्पनीले यस अवधिमा उक्त प्रदेशबाट २१ हजार ६३५ बीमालेख बिक्री गरी ३ करोड २७ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।

त्यस्तै, लुम्बिनी प्रदेशमा कम्पनीहरुले कृषि तथा बाली बीमाबाट ४ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले यस अवधिमा ३० हजार ४० बीमालेख जारी गरी सो बराबरको बीमा शुल्क आर्जन गरेका हुन् । 

त्यसैगरी, कर्णाली प्रदेशमा कृषि तथा बाली बीमा गर्नेहरु बढेका छन् । बीमा गर्नेहरु बढेसँगै बीमा शुल्कमा पनि बढेको छ । कम्पनीहरुले उक्त प्रदेशमा यस अवधिमा १० हजार ६४४ बीमालेख बिक्री गरेका थिए । उक्त संख्यामा बीमालेख बिक्री गरी कम्पनीहरुले एब अर्ब १३ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । 

समितिका अनुसार कम्पनीहरुले यस अवधिमा सुदुरपश्चिम प्रदेशबाट ८४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहले उक्त प्रदेशमा यस अवधिमा ५ हजार २५८ बीमालेख बिक्री गरेको तथ्यांकमा उल्लेख छ । 
 

प्रतिक्रिया दिनुहोस