aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०३ भदौ २०७९
नेशनल लाइफ इन्स्यारेन्सद्धारा नयाँ बोनस दर सार्वजनिक

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आव २०७७।०७८ को वित्तीय विवरणमा आधारित नयाँ बोनस दर सार्वजनिक गरेको होे ।

कम्पनीले पेश गरेको आर्थिक वर्ष २०७७।०७८ को वित्तीय विरण अनुरुप बीमा समितिबाट स्वीकृत भई बोनसदर समेत स्वीकृृत भएपछि आज नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आज सार्वजनिक नयाँ बोनसदर अनुसार सबै बीमितिले न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम् ८५ रुपैयाँसम्म बोनस पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस