aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विद्युत व्यापार गर्ने कम्पनी नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ भदौ २०७९
विद्युत व्यापार गर्ने कम्पनी नेपेक्सको अध्यक्षमा कृष्ण आचार्य चयन

काठमाडौं । नेपाल पावर एक्सचेन्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। करिब तीन महिना अघि भएको साधारण सभाले सञ्चालक समिति छनोट गरेको हो । शुक्रबार बसेको सञ्चालक समितिको अध्यक्षमा आचार्यलाई सर्वसम्मतिले चयन गरेको हो।  

अन्य पदाधिकारीहरुमा आशिष गर्ग प्रबन्ध सञ्चालक र उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाँई, मोहन डाँगी संचालक बनेका छन्। आचार्य स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) अध्यक्ष समेत हुन् । 

प्रतिक्रिया दिनुहोस