aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

दुधको मूल्य १० रूपैयासम्म बढ्न सक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
दुधको मूल्य १० रूपैयासम्म बढ्न सक्ने

काठमाडौं । सरकारले किसान र व्यावसायीको हित हुने गरी दुधको मूल्य बढाउने भएको छ । दुधको मूल्य बढाउन नेपाल डेरी एसोसियसनले दबाब दिएपछि बढाउन लागेको हो । 

नेपाल डेरी एसोसियसनका अध्यक्ष राधाकृष्ण सापकोटाले आइतबार दुधको मूल्य समायोजन गरिने बताएका छन् । सापकोटाले दुधको मुल्य प्रतिलिटरमा १० रुपैयाँ वृद्धि गर्न माग गरेका छन् । 

नेपालमा प्रत्येक दिन ५ लाख ५० हजार लिटर दुधको आवश्यक पर्छ तर ४ लाख लिटरको हाराहारीमा मात्र दुध उत्पादन हुने गरेको सापकोटाले बताए । हाल दुधको उत्पादनमा कमी आएकोले मुल्य बढाउन उपयुक्त भएको उनले बताए । साढे २ बर्ष यता दुधको मुल्य नबढेको अन्य बजार मुल्य ५० प्रतिशतले बढेको दुधको मुल्य नबढ्दा समस्या भएको छ । त्यसैले मुल्य बढाउनु पर्ने उनको भनाई छ ।  

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले किसान र व्यावसायीको माग अनुसार दुधको मुल्य बढाउने तयारी गरेको बताए । 

मन्त्री खनालले भने, नेपाल डेरी एसोसियसनले दुधको प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्न माग  गरे पनि दुधको प्रतिलिटर ६ देखि १० रुपैयाँ कति बढाउने भन्ने टुंगो नलागेको जानकारी दिए ।

केन्द्रिय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनले दुधको मुल्य बढाउन दवाव दिएपछि सरकारले बजार विश्लेषण गर्न बुधवार समिति गठन गरेको समिति संयोजक एवं राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले  जानकारी दिए । 

दुधको मुल्यको विषयमा आइतबार बैठक बसेर टुंगो लगाउने छौ तर भदौ १ गतेबाटै मुल्य वृद्धि सम्भव नभएको पन्तले बताए । 
 

प्रतिक्रिया दिनुहोस