
काठमाडौं । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले एक साताभित्र २८ सय भन्दा बढि विद्यार्थीलाई इन्डक्सन चुलो वितरण गर्ने भएको छ । केन्द्रले दुर्गमका २८ सय ६५ विद्यार्थीहरुलाई इन्डक्सन चुलो वितरण गर्न लागिएको केन्द्रका सहायक निर्देशक डा.रणबहादुर थापाले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।
उनले भने, ‘आवेदन दिएका विद्यार्थीहरुमध्ये ७ हजार ४८ जनाले केन्द्रले तोकेको मापदण्ड अनुसार आवश्यक कागजपत्र पुर्याएका छन् । जसमध्ये दुर्गम क्षेत्रका सरकारी कलेजमा पढ्ने विद्यार्थीहरु क र ख वर्गमा छनौट भएका २ हजार ८६५ जना जना रहेका छन् । एक साताभित्र चुलो वितरण गछौं ।’
उनका अनुसार आवेदन दिएका विद्यार्थीहरु मध्ये ४ हजार १६२ जना सुगमका रहेका छन् । केन्द्रले दुई चरणमा गरी १२ हजार ५ सय विद्यार्थीहरुका लागि चुलो वितरण लागि माग गरेको थियो ।
सरकारले दुर्गम जिल्लाबाट आएर काठमाडौंमा भाडामा बसेर अध्ययन गर्ने स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि इन्डक्सन चुलो वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस