
काठमाडौं । नागरिक लगानी कोषको २७औं वार्षिक साधारण सभा भोलि सोमवार अर्थात भदौ ६ गते हुदैछ । सभा कोषको केन्द्रिय कार्यालय सिआईटी विल्डिङ नयाँ बोनश्वर काठमाडौंमा अपरान्ह ३ बजे शुरु हुने जानकारी दिएको हो ।
सभाले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी सभाले सञ्चालक समितिमा सर्वसाधारणशेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक पदको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कोषले साउन २५ गते एक दिन बुक क्लोज गरिसकेको छ । यस आधारमा साउन २४ गते सम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस