aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मंगलवार हुने, १९ लाख भन्दा बढीको हात खाली हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मंगलवार हुने, १९ लाख भन्दा बढीको हात खाली हुने

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सन्राइज क्यापिटलका अनुसार मंगलवार अर्थात भदौ ७ गते बाँडफाँट गर्ने तयारी भएको हो । कम्पनीको आईपीओमा माग भन्दा ७० दशमलव २२ गुणा बढी आवेदन परेको छ । 

यस आधारमा आईपीओ गोलाप्रथाद्धारा बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा कुल १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ ह्जार ५७० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा ३० हजार ९२१ जनाले मात्रै शेयर पाउनेछन् भने बाँकी १९ लाख २१ ह्जार ५३१ आवेदकको हात खाली हुनेछ । 

कम्पनीले साउन २४ गते देखि २९ गते सम्म ३ लाख ३१ ह्जार कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरीे बाँकी रहेको ३ लाख ९ हजार २९५ कित्ता शेयरका लागि सर्वसाधारणको लागि निष्कासन गरेको हो । 

प्रतिक्रिया दिनुहोस