aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पिपुल्स पावरको आईपीओमा भागभन्दा करिब ८ गुणा बढि आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ भदौ २०७९
पिपुल्स पावरको आईपीओमा भागभन्दा करिब ८ गुणा बढि आवेदन

काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म मागभन्दा करिब ८ गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन ३१ ग्तेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू.१०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । यी बाहेक बाकी २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । 

सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि अन्तिम दिनसम्म १६ लाख ६ हजार ११० जना आवेदकहरूले आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । सिडिएससीका अनुसार यी आवेदकहरूबाट १ करोड ८२ लाख १९ हजार ७० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा ७ दशमलव ९३ गुणा बढी हुन आउछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले पाएको छ ।  कम्पनीमा हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी रू. ३२ करोड २६ लाख रहेको छ । संस्थापक तर्फ हाल ५१ प्रतिशत शेयर स्वामित्व रहेको कम्पनीले आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर विक्री तथा बाँडफाँट गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ३९ प्रतिशत शेयर वितरण गर्न लागेको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ६३ करोड २६ लाख कायम हुनेछ ।

आर्थिक वर्ष ०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार यो कम्पनी रू. १ करोड ६२ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९४ दशमल ९६ रहेको छ ।

वास्तविक प्रतिशेयर नेटवर्थ देखि त्यसको तीनगुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता न्यूनतम रू. ९४ दशमलव ९६ देखि अधिकतम रू. २८४ दशमलव ८८ सम्म मूल्य रेञ्ज तोक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस