aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियर इन्स्योरेन्सको नाफा ४६ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
प्रिमियर इन्स्योरेन्सको नाफा ४६ प्रतिशत बढ्यो

काठमाडौं  । प्रिमियर इन्स्योरेन्स कम्पनी गत आर्थिक वर्षमा २४ करोड ५६ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १६ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा ४६ दशमलव ३१ प्रतिशत नाफा बढेको हो । 
कम्पनीले गत आवमा  १ अर्ब ६४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको चुक्तापूँजी अघिल्लो आवको तुलनामा ८४ प्रतिशत बढेर १ अर्ब ७ करोड पुगेको छ । कम्पनीले जगेडा कोषमा  १५ करोड ७३ लाख जम्मा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी २२ दशमलव ८६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ  १६४ दशमलव शून्य ५ रुपैयाँ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस