aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रिलायबल लाइफ इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
रिलायबल लाइफ इन्स्योरेन्सको नाफा ५३ प्रतिशतले वृद्धि

 काठमाडौं  । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले गतआवमा १९ करोड ५७ लाख खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आवमा १२ करोड ७८ लाख नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा नाफा ५३ दशमलव १२ प्रतिशत बढेको हो । 

कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड छ । कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पु¥याउनको लागि ६० करोडको आईपीओ निष्कासन गर्नुपर्नेछ । कम्पनीले जगेडा कोषमा ४४ करोड १४ लाख जम्मा गरेको छ । गत आवमा  कम्पनीले १ अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस