
काठमाडौं । हाल सञ्चालनमा रहेका विभिन्न १९ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । राष्ट्रिय बीमा संस्थान देखि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गरेको हुन् । उक्त विवरण अनुसार नौं वटा जीवन बीमा कम्पनीको नाफा घटेको छ भने १० वटा कम्पनीहरुको नाफा बढेको हो ।
कुन जीवन कम्पनीले कति कमाए नाफा ?
गुराँस लाइफ
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १७ करोड ५१ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष सो अवधिसम्म रू. १२ करोड १३ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४४ दशमलव २७ प्रतिशत बढी खुद नाफा गरेको हो ।
राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थानले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. ७ करोड १७ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा संस्थानको खुद नाफा २७ दशमलव ५० प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म संस्थानले रू. ५ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
रिलायन्स लाइफ इन्स्योरेन्स
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १२ करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत आर्थिक वर्षमा १२ करोड २१ लाख ३० हजार रूपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड १४ लाख ६ हजार रूपैयाँ नाफा कमाएको थियो ।
सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा साढे १८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले १८ करोड ८२ लाख ६५ हजार रूपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस इन्स्योरेन्सले १८ करोड ७९ लाख २६ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
एक वर्षको अवधिमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २७ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा यस कम्पनीले २७ करोड ४८ लाख ६६ हजार रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा यस कम्पनीले २२ करोड ५९ लाख ४२ हजार रुपैयाँ थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद नाफा २१.६५ प्रतिशतले वृद्धि भएको हो ।
ज्योति लाइफ
ज्योति लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म २३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार उक्त रकम नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १३ करोड रुपपैयाँ नाफा कमाएको थियो ।
नेशनल लाइफ
नेशनल लाइफले गत आर्थिक वर्ष असार मसान्तसम्म ४० करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार उक्त रकम नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको कम्पनीको १.९१ प्रतिशतले बढेको हो ।
आइएमई लाइफ
आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १२ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा १३ करोड ४ लाख रुपैयाँ रहेको थियो ।
मेट लाइफ
मेट लाइफले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लोआवको तुलनामा २९ दशमलव ४५ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३५ करोड १० लाख रुपैयाँ रहेको थियो ।
युनियन लाइफ
युनियन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको ९० दशमलव २३ प्रतिशतले घटेको छ यस अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
सन नेपाल लाइफ इन्स्योरेन्स
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ ÷७९ को चौथो त्रैमासम्म २१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १०२ प्रतिशतले बढी हो ।
सानिमा लाइफ
सानिमा लाइफले गत आर्थिक वर्ष असार मसान्तसम्म १५ करोड ९१ लाख नाफा कमाएको छ उक्त नाफा अघिल्लो आवको तुलनामा ५४.८१ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १० करोड २७ लाख रुपैयाँ रहेको थियो ।
एलआइसी नेपाल
एलआइसी नेपालले आर्थिक वर्ष २०७८÷ ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । उक्त विरण अनुसार गत वर्ष कम्पनीको नाफा घटेको छ । यस अवधिमा कम्पनी ८ करोड ७४ लाख रुपैयाँ नोक्सानीमा रहेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷ ७९ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले ७ करोड २६ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ५७ दशमलव ४२ प्रतिशतले घटेको हो ।
प्राइम लाइफ
प्राइम लाइफले गत आर्थिक वर्षको असार मसान्तसम्म २२ करोड ८८ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीको २८.६१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ३० करोड ८२ लाख रुपैयाँ रहेको थियो ।
एशियन लाइफ
एशियन लाइफले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विरण अनुसार कम्पनीले यस अवधिमा १६ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ३३.३८ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
महालक्ष्मी लाइफ
महालक्ष्मी लाइफले गत आर्थिक वर्ष 20 (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको २४.२१ प्रतिशतले बढेको छ । यस अवधिमा कम्पनीले ११ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ९ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
सूर्या लाइफ इन्स्योरेन्स
सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को चौथो त्रैमाससम्ममा १३ करोड ४५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २० करोडमाथि नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३२ दशमलव ७४ प्रतिशतले घटेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनी ३५ करोड २७ लाख रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्ष नेपाल लाइफले ५३ करोड ५९ लाख रुपैयाँले नाफामा थियो ।
प्रतिक्रिया दिनुहोस