aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नेशनल लाइफले बीमा शुल्कबाट  ८ अर्ब कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३१ साउन २०७६
नेशनल लाइफले  बीमा शुल्कबाट  ८ अर्ब कमायो

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लिमिटेडले आव २०७५/७६ को वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले गत आवमा  ८ अर्ब २ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ६ अर्व ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । 

कम्पनीले गत आवमा  ३३ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनले अघिल्लो आव २०७४÷०७५ मा  २ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आवको तुलनामा नाफा १२ दशमलव ७२ प्रतिशत बढेको हो । 

कम्पनीको कुल दाबि भुक्तानी रकम  २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  भुक्तानी हुन बाँकी रकम  २६ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ छ । कम्पनीले ६० प्रतिशत हकप्रद र १३ दशमलव ५ प्रतिशत बोनस वितरण गरेपछि पूँजी बढेको हो । 

अघिल्लो आवमा पूँजी १ अर्ब ६५ करोड रुपैयाँ थियो । कम्पनीले जगेडा कोषमा  ९१ करोड ८६ लाख रुपैयाँ जम्मा गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ दशमलव १८ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० दशमलव ५५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस