aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

क्याटद्वारा ग्राहक भेला सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ भदौ २०७९
क्याटद्वारा ग्राहक भेला सम्पन्न

काठमाडौं । नेपालका लागि क्याटर पिलर ह्वभि इक्युप्मेन्टको आधिकारिक बिक्रेता बतास ट्रयाक्टर्स काठमाण्डौ स्थित –याडिसन होटलमा ग्राहक भेला सम्पन्न गरेको छ ।  उक्त ग्राहक भेलामा नेपालमा कंस्ट्रकसन व्यावसायमा प्रतिस्थित व्यक्तित्वहरूलाई  निमन्त्रण गरिएको थियो । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, नेपाली युवा निर्माण व्यवसायी समुदायका अध्यक्ष  सुशील कुमार श्रेष्ठ, काठमाण्डौ व्यावसायी संघका अध्यक्ष कृष्ण गौतम, अन्तराष्टिय फेडेरेसन अफ एसिया एण्ड वेस्टर्न प्यासिफीक कन्ट्याक्टर्स एसोसिएसनका प्रथम उपाध्यक्ष रमेश शर्मा लगायतका व्यक्तित्वहरूको सहभिगताले निर्माण व्यावसायीहरुको सहभागीता रहेको थियो । 

उक्त भेलामा क्याटको Backhoe Loader प्रदर्शनी साथै ग्राहकहरूमा सो प्रयोग गर्दा हुने फाईदाहरु बारे विस्तृत रुपमा जानकारी गराईएको थियो । सो भेलामा बतास अर्गनाईजेसनका अध्यक्ष आनन्द राज बतास, प्रबन्धक निर्देशक शान्त राज बतास, बतास ट्रयाक्टर्सका कार्यकारी निर्देशक दिपेन्द्र मल्ल, क्याटरपिलरकाMathew Wright,   तथा Gainwell इन्डियाका  अमित बन्साल, ट्रयाक्टर्स नेपालका  शभाअर्जुन शाहाद्वारा विस्तृत रुपमा जानकारी गराईएको थियो । 

प्रतिक्रिया दिनुहोस