aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश वितरण शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश वितरण शुरु

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाले गत आर्थिक वर्षको लाभांश भदौ ९ गतेदेखि वितरण गर्न सुरु गरेका छन् । एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीले एउटै अनुपातमा २१ दशमलव शून्य ५३ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेका हुन् ।

सम्बन्धीत इकाईधनीहरूको बैंक खातामै नगद लाभांश वापतको रकम जम्मा गरिने हुँदा हालसम्म बैंक खाता हितग्राही खातामा अद्यावधिक नगराएकाहरूलाई यथासिघ्र गराउँन समेत क्यापिटलले आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस