
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण सभा बोलाएको छ । भदौ ९ गते बिहान बसेको कम्पनीकोसञ्चालक समितिको बैठकले आर्थिक वर्ष२२०७७/७८ को वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त साधारण सभा भदौ ३० गते बिहीबार कार्की ब्याङ्केट बबरमहलमा बिहान ११ बजे हुने भएको छ ।
सभाले हाल कायम रहेको चुक्ता पूँजीको प्रतिशतले हुन आउने ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
उक्त साधारणसभाका लागि कम्पनीले भदौ १९ गते बुकक्लोज गर्ने भएको छ । जसअनुसार भदौ १८ गतेसम्म कायम भएका शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस