काठमाडौं । एनआईविएल म्यूचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले गत आर्थिक वर्ष ०७८/७९ को प्रतिफल सार्वजनिक गरेको छ । एनआईविएल एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित यस योजनाको इकाईधनीहरूलाई कर समेत ४ दशमलव २० प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय योजना व्यवस्थापकले गरेको हो ।
क्यापिटलको भदौ ९ गतेको सञ्चालक समितिको बैठकले उक्त प्रतिफल वितरणको निर्णय गरेको हो । प्रस्तावित प्रतिफल प्रयोजनका लागि क्यापिटलले बुक क्लोजको मिति तय गर्नेछ । सो मितिको आधारमा कायम इकाईधनीहरूले मात्र योजनाको प्रतिफल प्राप्त गर्नेछन् । बुक क्लोजको मितिसम्बन्धी जानकारी पछि दिने क्यापिटलको भनाई छ ।
प्रतिक्रिया दिनुहोस