aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल-बंगलादेश विद्युत व्यापारका लागि भारतलाई मनाउने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ भदौ २०७९
नेपाल-बंगलादेश विद्युत व्यापारका लागि भारतलाई मनाउने निर्णय

काठमाडौं । नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले भारतलाई मनाउन पर्ने निर्णय गरेको छ । विहीबार नेपाल र बंगलादेशबीच विद्युत व्यापारका लागि भारतलाई मनाउने निर्णय गरेको हो। 

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित  ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी)को बिहीबारको बैठकमा बंगलादेश र नेपालले भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)सँग यससम्बन्धी समझदारीका लागि आग्रह गर्ने सहमति भएको छ ।

बंगलादेशले ५० देखि १०० मेगावाट विद्युत लैजान चाहेको यसअघिको बैठकमा राखेको थियो ।  मस्यौदा तयार पार्न सहसचिवस्तरीय बैठकले  सिफारिस गरेको हो। तर भारतका कारण सहमति हुन पाएको छैन। नेपाल-बंगलादेश विद्युत व्यापारका लागि भारतको केन्द्रीय विद्युत प्राधिकरण, पावर ग्रीड कर्पोरेसन अफ इन्डिया र पावर सिस्टम अपरेटर कर्पोरेसनसँग अनुमति चाहिन्छ।

बैठकमा बंगलादेशले भारतीय कम्पनी जीएमआरले बनाउने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट बिजुली खरिद गर्न विद्युत खरिद सम्झौता समेत हुन लागेको बताइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस