aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

ट्राफिक प्रहरीलाई घुँस दिन खोज्ने चालक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० भदौ २०७९
ट्राफिक प्रहरीलाई घुँस दिन खोज्ने चालक पक्राउ

ललितपुर । ललितपुरको धोबिघाटमा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ जना चालकलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्धा चलाएको छ । बा ८५ प ८९६७ नम्बरको मोटरसाईकल चालक कपिलवस्तुको बाणगंगा नगरपालिका ७ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३६ बर्षीय केशव भुसाललाई मुद्धा चलाएको  हो ।

 मंगलबार साँझ ट्राफिक चेकिङ गर्ने क्रममा मापसे गरेको पाईएपछी कारवाही गर्न खोज्दा भुसालले ट्राफिक प्रहरीलाई नगद १ हजार रुपैँया दिई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । 

साथै ट्राफिक प्रहरीले नगद लिन ईन्कार गर्दा गालीगलौज गर्नुका साथै वादविवाद गरी अभद्र व्यवहार गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । उनी उपर अभद्र व्यवहार मुद्धामा ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस